भूकम्प पीडितलाई २५ क्विन्टल चामल र १ लाख नगद सहयोग गर्ने नेकपाको घोषणा

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट प्रभावितकाे उद्धार र राहतमा जुटेको छ । सो पार्टीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिदै पार्टीको तर्फबाट विभिन्न किसिमका सहयोगको घोषणा गरेका छन् ।

उक्त पत्रकार सम्मेलनमार्फत नेपाल कम्युनिस्ट पार्टीले भूकम्प प्रभावितहरुलाई पार्टीको तर्फबाट विभिन्न सहयोग पुर्याउने जानकारी दिएको छ । जस अन्तर्गत पार्टीको खाद्य भण्डारबाट १ सय प्याक चामल (२५ क्विन्टल) उपलब्ध गराउने, जनस्वास्थ्यकर्मी महासंघ (डा. प्रकाश सी) को नेतृत्वमा डक्टरहरुको टोली जाजरकोट र रुकुम खटाउने, भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने, राहत लगत्तै निर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्ने, देशको राजधानी लगायत सबै जिल्लामा राहतका लागि लत्ता कपडा, टेन्ट, औषधी, रकम संकलन गर्ने, पार्टीले राहत कोषकालागि आधिकारिक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने र विभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुलाई आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा आयोजित उक्त पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्ति प्रवक्ता प्रकाण्ड सीले पढेर सुनाएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?