बझाङ: बझाङ जिल्लामा एक महिला घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएकी छन् । जिल्लाको साईपाल गाउँपालिका ३ बाचचौका बस्ने रमेश बोहराको श्रीमति २६ वर्षीया रमा बोहराको घास काट्ने क्रममा बुधबार बिहान भिरबाट लडेर घाईते भएकी हुन् ।
घाइते बोहोरा घर देखि ५०० मिटर टाढा ठुलो मेला भन्ने भिरमा खर,(गाजो) काट्ने क्रममा एक्कासी लडेर १५,२० मिटर तल खस्न गई उनको कम्मरको ढाड भाचिएको स्थानीयहरुले बताएका छन् ।
उहालाई अहिले स्वास्थ्य चौकीमा उपचार भई रहेको र अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाईएको छ ।














