दुःखत : पूर्व सई धामीको मृत्यु दुर्घटनामा परी निधन

डडेल्धुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो।

नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक (सई) समेत रहेका धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको सुुपप्र ०१००१ च २९५५ नम्बरको कारमासमेत ठोक्किएको ट्राफिक कार्यालय अत्तिरियाले जनाएको छ।

दुर्घटनामा घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। त्यहि उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। कार चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?