श्रम गर्न रुचाउने विप्लव , दसैँमा पनि छैनन फुर्सदमा !

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी दशैंको समयमा पनि आराम नगरेर श्रममा व्यस्त भएका छन ।

नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा नेकपाले लगाएको अढाई विगाह जग्गाको धान काट्न सोमबार दिनभर व्यस्त भएका हुन ।

उनले आईतवार पनि श्रमको कार्यमा व्यस्त हुदै लसुन लगाउने काम गरेको केन्द्रीय कार्यालय श्रोतले जनाएको छ । केन्द्रीय कार्यालयका एक नेताले भने ‘अरु दशैमा टिका जमरा लगाउछन,हाम्रो महासचिवले धान काट्ने र लसुन लगाउने गर्नु हुन्छ ।’ उनले नेपालका अरु नेता र विप्लव नितान्तै फरक भएको पनि बताए ।

नेपालका अरु राजनीतिक दलका नेताहरु दशैं आयो भन्दै घरपरिवारमा संगै भएर रमाईलो गरी बसिरहेका बेला नेकपाका महासचिव विप्लव भने कृषि क्रान्तिको नेतृत्व गर्दै श्रममा व्यस्त भएका छन । सोमबार दिनभर पार्टी कार्यकर्तासंग महासचिव विप्लवले धान काट्ने काम गरेका छन ।

उनले नेपालमा एकीकृत जनक्रान्तिसंग उत्पादनको कृषि क्रान्ति पनि जोडनु पर्ने तर्क गर्दै आएका छन । उनले उत्पादन नगर्ने कुनै पनि पार्टीले समाजवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने वताउदै आएका छन । उनले कम्युनिष्ट भएपछि पार्टीका सबै नेता कार्यकर्ताहरु श्रममा अनिवार्य जोडिनु पर्ने वताउदै आएका छन ।

जसअनुसार नेकपाले केन्द्रीय उत्पादन टिमनै बनाएर कपिलवस्तु,चितवन,बर्दिया दाङलगायतका जिल्लाहरुमा उत्पादनको कार्य गरिरहेको छ । नेकपाले देशका सबै व्यूरो स्तर र जिल्ला स्तरबाट पनि कृषि उत्पादन अन्तरगत यो बर्ष सयौ विगाह जमिनमा धानखेती गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?