व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि महावीर पुन आफ्नो पुस्तक आफैले बेच्ने

काठमाडौं । व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन् ।

उक्त किताब बाट भएको आम्दानी बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालन गर्न प्रयोग गर्ने भन्दै उनले पुस्तक बिक्रि गर्न थालेका हुन् ।

उनले अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै किताब बेचिरहेका छन् । उनले अन्लाइम मार्फत पनि आफ्नो पुस्तक खरिद गर्न सकिने जनाएका छन् ।

अनलाइन मार्फत उक्त पुस्तक खरिद गर्नअहिलेसम्म मैले गरेका थुप्रै मूर्खतापूर्ण कामहरू जस्तै यो जीवन कथा लेख्ने काम पनि एउटा मुर्ख्याईँ नै हो,”उनले फेसबुक पोस्टमा लेखेका छन्, “यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ ।” उनी अगाडि भन्छन्,“वीरगन्जको कृषि औजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन ।” पुनले यो पुस्तकको ई-बुक संस्करण पनि उपलब्ध गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?