सुन प्रकरण : राहुल महरा पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालगायत ४ जनामाथि आपराधिक विश्वासघात, भन्सार चोरी तथा संगठीत अपराधसम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलेको थियो । विद्युतीय चुरोट (भेप)भित्र सुन लुकाएर ल्याउने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले राहुल लगायतमाथि अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?