वीरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता सेमिफाईनलमा

काठमाडौ । नेपाल गणतान्त्रिक खेलकुद महासंघ र लालिगुरास युवा क्लव रोल्पाको आयोेजनामा गरिएको वीरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता आज सेमि फाईनलमा पुगेको छ ।

आयोजकका अनुसार, काठमाडौँ नयाँ वसपार्क स्थित ढोरपाटन स्पोर्ट ट्रेनिङ सेन्टरमा असोज १८ गते देखि २२ गते सम्म सञ्चालन भइरहेको भलिबल प्रतियोगितामा प्रतिस्पर्धी ९ टिम मध्ये ४ टिम सेमि फाईनलमा पुगेको छ ।

उक्त प्रतियोगिता सुचना तथा संचार प्रविधि मन्त्रि रेखा शर्माको उपस्थितिमा १८ गते उद्याटन भई नेकपाका महासचिव विप्लव सी द्धारा २२ गते समापन गरिने भएको छ ।

प्रतियोगी जम्मा ९ टिम रहेको र नियम लिकम नकआउट,गेम वेस्ट अफ फाइभ भएकोबारे जानकारी दिदै नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले भने-” पाचँ टिम नकआउट भएको छ, चार टिम सेमि फाईनलमा पुगेको छ । नकआउट तर्फ
१.आयोजक
२.न्युटन ऐकेडेमि स्कुल,
३.गल्कोट बाग्लुङ,
४.त्रि.वि. आर आर क्याम्पस,
५.किङ्स क्लव,
सेमि फाईनल तर्फ.
१.एपिएफ क्लव,
२.नेपाल पुलिस,
३.गण्डकी प्रदेश,
४.धौलागिरी रेस्टुरेन्ट एण्ड ओसाका जापान क्लव रहेका छन।

खेलमा सहभागीहरुलाई प्रथम पुरस्कार रु ५ लाख, द्वितीय पुरस्कार रु २ लाख पचास हजार,तृतिय पुरस्कार रु १ लाख र सान्त्वना रु ५० हजार रहेको बुझिएको छ।

गर्णतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले ” खेलकुदका माध्यमद्वारा नयाँ खेलाडीहरु उत्पादन गर्ने र खेलाडीहरुलाई प्रोत्साहन गर्न आयोजक र खेलाडी बिचको अन्तर सम्बन्ध कायम गर्नला लागि उक्त प्रतियोगिता गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?