अष्ट्रेलियामा एक सातामा ४ सय जङ्गलमा आगलागी

काटमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएस) ले बताएको छ । कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा तीन वटा सम्पत्ति नष्ट भएको पुष्टि भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधबार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’ को तयारी गर्न आह्वान गरेका छन् ।

कुलागोलाइटको आगलागीको स्तरलाई पछि ‘आपत्कालीन’ बाट घटाएर ‘सुझाव’ मा झारिएको थियो । बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?