दार्चुलामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक फरार

दार्चुला । दार्चुलामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिकाको खलंगाबाट दुहु गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको से.१ ख १२५२ नम्बरको मिनि ट्रक बिहीबार बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि दुहु गाउँपालिका–३ ब्रहमदेब बस्ने अन्दाजी बर्ष ४५ का करनसिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुला–तिन्कर सडक अन्तर्गत दुहु गाउँपालिका–३ राताकाठामा दुर्घटना भएको हो । ओभर लोड भएकाले ब्रेक फेल हुँदा ट्रक दुर्घटनामा परेको हो । ट्रक करिब ३०० मिटर तल महाकाली नदी किनारामा खसेको छ । सवारी चालक भने फरार छन् । घटनास्थलमा प्रहरी खटिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?