क्रान्ति भनेकै समाजका अन्तरविरोधको सामाधान गर्न सक्नु हो : आस्था

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य आस्था सी ले ”  समाजबादी क्रान्तिले सामाजिक अन्तर विरोधहरुकाे सामाधान गर्न सक्नु पर्ने बताएकी छन् । सोमवार नेकपा भक्तपुरको आयोजनामा गरिएको प्रसिक्षण कार्यक्रमा बोल्दै नेत्री आस्थाले सो कुरा बताएकि हुन् ।

“श्रमीक वर्गको हकहितका लागि गरिने राजनीति भनेकै कम्युनिस्ट राजनीति भएको उल्लेख गर्दै उनले भनिन्, कम्युनिस्टकाे नाम बोकेर,लोगों बोकेर मात्रै सच्चा कम्युनिस्ट हुन सक्दैन । त्यसकारण  सम्पूर्ण श्रमिक वर्गको नेतृत्व कोले गर्दैछ भन्ने कुरा अब जनताले बुझ्न जरूरी भएको उल्लेख गरिन् ।

उनले विश्व राजनीतिलाई बुझाउँदै ,अहिले विश्वमा पुँजीवाद र माक्सवादको लडाइँ चलिरहेको छ , समाजवादलाई विलय गर्न अमेरिकी साम्राज्यबाद अनेक रंगहरु फेर्दै बिभिन्न देशहरूमा घुसिराखेको छ । हाम्रो देशमा कानुन भन्दा पनि माथि रहेर MCC परियोजना लागु हुनेगरी भित्री रहेको छ । MCC कार्यान्वयन भए देशको राष्ट्रियता नै खतरामा पर्ने छ ।’उनले भनिन् याे कुनै विकाश नभएर विनासको लहर हो , जस्ले चाइना सङ्ग युद्ध गर्न नेपाललाई युद्ध रणभूमि वनाउन चाहन्छ, ।अमेरिकाकै तथ्य अनुरुप एमसीसी सैन्य रणनीति अन्र्तरगतको योजना भएकाले खारेजीको विकल्प नभएको बताईन ।  जस्लाई रोक्न नेपाल कम्युनिष्ट पार्टीले बिभिन्न विरोध कार्यक्रम गर्दै आइरहेको जनाइन् ।

समाजबादी मोर्चा बारे आस्थाले भनिन् “देशमा आन्तरिक र बाहिय राजनितीक समस्याहरू रोक्न समाजवादी मोर्चा अहिलेको आवश्यकता हो ,क्रान्तिकारी मोर्चा फराकिलो वनाउन समाजबादी मोर्चा बनेको हो,जसकारण बास्तविक क्रान्तिकारीहरु यो मोर्चाबाट जागृत र हौसिएका छन् । तपाइ हामिले यसमा आपति मान्नु पर्ने र संका गर्नु पर्ने कुनै कुरा छैन यो मोर्चाले समाजबादी समस्याहरूलाई समाधान खोज्न मद्दत गर्ने छ ।

भक्तपुर जिल्ला डिसियस रत्न सी को अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि,नेकपा पोलीट व्युरो सदस्य आस्था, अतिथिमा भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?