अनमोल केसीले फिल्म‘रावायण’का निर्मातालाई १० लाख रुपैयाँ प्रहरीमार्फत गरे फिर्ता

काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ प्रहरीमार्फत फिर्ता गरेका छन् ।

नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक निर्मात्री कटुवालको नाममा काटेर केसीले प्रहरीमा बुझाएको जिल्ला प्रहरी परिसर स्रोतले जनाएको छ ।

फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । केसीले १० लाख रुपैयाँ पेश्की रकम लिएर पनि फिल्ममा काम गर्न नमानी आर्थिक विश्वासघात गरेको जाहेरीमा उल्लेख थियो ।

आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसी उक्त रकम बैंकमा डिपोजिट गरेपछि भौचर बुझाउन सोमबार जिल्ला प्रहरी परिसर,काठमाडौंमा पुगेका थिए ।

प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । आइतबार केसीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

यसैबीच निर्मात्री सुप्रिया कटुवालले आफूहरुले अभिनेता अनमोल केसीविरुद्ध किन कानूनी प्रक्रिया अघि बढाउनुपर्‍यो भन्ने बारेमा सामाजिक संजालबाट जानकारी गराएकी छन् । फिल्म रावायणको तयारीबारेका तस्वीर सेयर गर्दै उनले अनमोलसँग तीन महिना अघि नै मौखिक र व्यवहारिक सहमति भएको जनाउँदै फिल्म संघसंस्थाको भूमिकामाथि पनि प्रश्न गरेकी छन् । ‘यो त एउटा प्रतिनिधि घटना मात्र भयो यस्ता घटनाले धेरै निर्माता विदेश पलायन भएका छन कति घरबार बिहिन छन्’ उनी लेख्छिन् ।

सुप्रियाले अनमोलसँग ह्वाट्स एपमा भएको संवादका स्क्रिनसट् पनि सेयर गरेकी छन् । जुन संवादमा अनमोल र निर्माताबीच लगातारजसो कुराकानी भएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?