श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राऊ

बारा। आफ्नै श्रीमानको हत्या गराएको आरोपमा श्रीमती पक्राउ परेकी छिन् ।
भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २३ वर्षीया सोनम सहनी सिंहलाई आफ्नो श्रीमान अजित कुमार सिंहको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

बारा प्रहरीका अनुसार ,गत असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा अजित कुमार सिंहको गोली हानी हत्या गरिएको थियो । सिंहको हत्याको मुख्य योजनाकार उनीकी श्रीमति सोनम रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्यामा सलंग्न अन्य पाँच जना अझै फरार छन्। भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया वस्ने वर्ष २५ का सुजित कुमार सिंह, सोही ठाउँ निवासी वर्ष २४ का चन्चल पाण्डे, वर्ष २२ का मनिष कुमार सहनी, वर्ष २० का कामेश्वर सहनी र वर्ष २० का रञ्जीत मुखिया फरार रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?