इन्डियाज बेस्ट डान्सर’मा नेपालका समर्पण लामा विजयी

काठमाडौं । भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’मा नेपालका समर्पण लामाले सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जितेका हुन् ।

चितवनको रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामा सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका हुन् । अन्तिम पाँच प्रतिस्पर्धामा समर्पणसहित सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाई पुगेका थिए ।

जितपछि बोल्दै समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताए । ‘मलाई सपनाजस्तो लाग्दैछ । मैले सँधै रियालिटी शो हेर्थेँ र कुनै दिन यस्तै शोको हिस्सा बनूँ भन्ने चाहना राख्थें । तर मैले शो जितेको कल्पना पनि गरेको थिइनँ, यो साँच्चै सपना हो । मेरो लागि सत्य हो । जब म अनिकेत चौहान पछि उत्कृष्ट १३ मा छनोट भएँ, त्यो पल मेरो लागि विजयी क्षण थियो । शोमा म यतिसम्म आइपुग्छु भनेर सोचेको पनि थिइनँ ।’

लामाले भने, ‘यस प्रतियोगिताको क्रममा मैले सफलता र असफलता दुवैको स्वाद लिएको छु । असफलता पनि महत्वपूर्ण छ, किनकि यसले तपाईलाई धेरै कुरा सिकाउँछ, र यसले मलाई मेरो उत्कृष्ट दिन र थप मेहनत गर्न मद्दत गरेको छ । आज, त्यसैको कारण म राम्रो डान्सर बनेको छु । ‘इन्डियाज बेस्ट डान्सर सिजन ३’लाई मेरा शब्दले वर्णन गर्न सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?