काठमाडौं । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका –३ बोहोरेटार नजिक गाडी बिहान साढे ७ बजे उक्त घटना भएको हो ।
मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको गाडी
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे,कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे,कमलामाई नगरपालिका–१ बस्ने ३४ वर्षीय मुकुन्द थापा,सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।
सिन्धुलीकै कमलामाई नगरपालिका–४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका– ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














