धनगढीको केजी हस्पिटलकाे लापर्वाही : सुत्केरी महिलाको पाठेघर नै निकालिदियाे

धनगढी । धनगढीको केजी हस्पिटलले एक सुत्केरी महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको महिला श्रीमानले बताएका हुन ।

श्रीमान मोतिरहमानका अनुसार शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताएका छन् । धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले बताए। पाठेघर झिक्नुपर्ने भनेपछि आमाको ज्यान बचाउन सहमति दिएको मोतिरहमानले बताए।

बच्चा जन्मेको पाँच घण्टासम्म श्रीमतीको अबस्था नबताएकाले सुरुमा डाक्टरसँग विवाद भए पनि पछि पाठेघर झिक्न सहमति दिएको बताए। यो विषयमा अस्पतालका निर्देशक डाक्टर दिपक सिंहसँग कुरा गर्दा आमाको स्वास्थ्यमा सुधार भइसकेको बताए। शनिबार नै आइसियुमा राखिएका खातुनलाई सोमबार जनरल वार्डमा सारिएको र आमाको स्वास्थ्यमा कुनै समस्या नरहेको डाक्टर सिंहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?