चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त लगानी गर्ने निणर्य

काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपी आईटी) बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा आइतवार भएको बीटूबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रूपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।

पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

चिनियाँ निजीक्षेत्रसँग दुईपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तरराष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए ।

अध्यक्ष मल्लले नेपालको जलविद्युत्, कृषि, सूचनाप्रविधि, पूर्वाधार विकासलगायत क्षेत्रमा लगानी गर्न चिनियाँ निजीक्षेत्रलाई आग्रहसमेत गरे ।

‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादन वृद्धि, रोजगारी सृजना गर्ने महत्त्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु,’ अध्यक्ष मल्लले भने । सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

अध्यक्ष मल्लले चीनसँगको सीमा नाकामा पूर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोडसमेत दिए । नेपाल–चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवं चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलनसम्बन्धी सहमति महत्त्वपूर्ण भएको बताए । नेपालमा पूर्वाधार विकास, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा चिनियाँ निजीक्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिए ।

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा चेम्बर अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरू दीपक मल्होत्रा र उर्मिला श्रेष्ठ तथा त्रिभुवनधर तुलाधरको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?