काठमाडौँ । विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंँ केन्द्रीत आन्दोलन थालेको आज दुई दिन भएको छ ।
आजपनि देशभरबाट शिक्षकहरु विरोध कार्यक्रममा थपिने क्रम जारी रहने छ भने आन्दोलनलाई व्यवस्थित बनाउन १२ बटा नियम बनाइएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
पहिलो नियमअनुसार साढे १० मा माइतीघर मण्डलामा भेला भइसक्नुपर्ने छ भने राष्ट्रिय र प्रदेश महासंघको व्यानरमा माइतीघरबाट बानेश्वरसम्म पुगेर जुलुसले कोणसभा गर्नेछ ।
तर पहिला महासंघको व्यानर र लाइन हुनेछ भने चौथो नियममा प्रदेश महासंघको लाइन र व्यानर हुनै पर्ने छ । त्यसपछि पालिकागत लाइन हुने नियम छ ।
प्रदेशका ७ बटा बेग्लाबेग्लै लाइन हुनेछन् । पहिलो लाइनमा सूदुरपश्चिमको हुनेछ भने सातौँमा कोशी प्रदेशको लाइन हुने नियम बनाइएको छ ।
सबै शिक्षकले प्रदेशअनुसार लाइनमा लाग्नुपर्ने नियम छ । प्रदर्शनका क्रममा छातादेखि पानीका बोतलसम्म आफैँले व्यवस्थापन गर्नुपर्ने छ भने आन्दोलन परिचालन समितिले दिएको निर्देशन उल्लंघन गर्न पाइने छैन ।
अर्को नियममा अनुसाशित हुनुपर्ने उल्लेख छ भने बिरामी परेमा स्वयंसेवकलाई भन्नुपर्ने नियम बनाइएको छ ।
विरोध कार्यक्रममा सहभागी हुने शिक्षकलले पालिकागत हाजिरी गरी जिल्ला संघमार्फत प्रदेशमा वुझाउनु पर्ने नियम छ ।
परिचालन समितिले तय भएको नारा मात्र प्रदर्शनका क्रममा लगाउन पाउने नियमसमेत तय गरेको छ ।














