आचार्य कृष्ण दमाईं रोजगारीको खोजीमा

बैतडी- संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण बैतडीका कृष्ण दमाईं रोजगारी नपाएर भौँतारि रहेका छन् । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन् ।

२०६४ सालमा कन्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि दलित समुदायमाथिको विभेदविरुद्ध संस्कृत विषय अध्ययनमा जुटेका थिए । रोजगारीका लागि उहाँका प्रयत्न सफल हुन सकेका छैनन् ।

उनले भने, “दलित सङ्घरसंस्थामा काम गर्न पनि अङ्ग्रेजी विषय पढेको खोज्छन् । दलितका संस्था राजनीतीकरण र डलरमुखी कार्यक्रम बढी हुन्छन् । म जस्ता संस्कृत विषय पढेकाले महìव पाउने कुरा भएन ।” उनको चाहना छ, संस्कृत भाषा पढाउने । तथापि आयोग नखुलेकाले कृष्ण दमाईंको त्यो इच्छा पनि पूरा हुन सकेको छैन ।

स्थानीय तहले पालिकामा शिक्षक नियुक्त गर्दै आएको भए पनि आफूले त्यो अवसरसमेत नपाएको गुनासो कृष्ण दमाईंको छ । उहाँले आचार्य उत्तीर्ण गरेपछि रोजगारी नपाउँदा ज्योतिष र कर्मकाण्ड विषयको पढाइ गर्ने धोको अधुरै रहेको बताए ।

उनले ४ कक्षामा पढ्दा गाउँमा जातीय विभेद खेप्नु परेपछि संस्कृत पढेर पुराण वाचन गर्ने इच्छा पलाएको बताए । बैतडीको शिवनाथ गाउँपालिका–५, बकुन्नामा जन्मनुभएका दमाईं हाल कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–३, तिलकपुरमा बस्दै आएका छन् ।

बैतडीको शिवनाथ गाउँपालिकाको दुर्गम गाउँबाट जातीय विभेद र गरिबी सहन नसकेर दमाईंका परिवार कुम्लो बोकेर तराई झरेका थिए । कन्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण गरेपछि दमाईं आचार्यको पढाइ पूरा गर्न दाङ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?