ठूलो संख्यामा न्यायाधीश नियुक्तिको तयारी

काठमाडौं । परिस्थितिमा आकस्मिक फेरबदल भएन भने न्याय परिषदले यसै साता अदालतहरुमा ठूलो संख्यामा न्यायाधीश सिफारिस गर्ने तयारी छ ।

न्यायाधीश सिफारिसका लागि विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै पहल गरेका थिए । स्रोतका अनुसार कानुनमन्त्री धनराज गुरुङ सहमत भए संभवतः दुई तीन दिनभित्रै न्याय परिषद टुंगोमा पुग्ने छ । स्रोतका अनुसार यतिबेला तीनै तहका अदालतमा न्यायाधीश नियुक्तिको गृहकार्य भइरहेको छ । सर्वोच्च, उच्च र जिल्ला अदालतका लागि गोप्य खाका समेत तय भइसकेको छ ।

‘सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया सकेर उच्च र जिल्ला अदालतमा प्रवेश गर्ने भन्ने छ’, स्रोतले भन्यो– ‘सम्भव भएसम्म एकैपटक निर्णय गर्ने कुरा पनि चलिरहेको छ । अब न्यायाधीश नियुक्तिको मेलो अघि सर्छ, कुनै बहानामा रोकिँदैन ।’ हाल सर्वोच्च अदालतमा ६ जना न्यायाधीश पद रिक्त छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाले कात्तिक दोस्रो सातादेखि अवकाश लिँदैछन् । त्यसपछि सातजना न्यायाधीश पद रिक्त हुने छ । हाल सर्वोच्चमा रिक्त पदमध्ये उच्च अदालतबाट कम्तीमा तीनजना न्यायाधीश सिफारिस गर्ने तयारी छ ।

उच्च अदालतमा पनि ५६ न्यायाधीश पद रिक्त छ । जिल्ला न्यायाधीश, न्याय सेवाका विशष्टि श्रेणीका कर्मचारी र कानुनव्यवसायीबाट मिलाएर उच्चमा नियुक्त गर्ने तयारी छ । उच्चमा तत्कालका लागि जिल्ला न्यायाधीश, कानून व्यवसायी र न्याय सेवाका कर्मचारीहरू गरी ८१ जनाको ‘सर्टलिस्ट’ तय भइसकेको छ । ८१ उम्मेदवार बाहेक बाहिरबाट पनि समावेशी रुपमा लैजाने तयारी रहेको बताइन्छ । यही मौकामा नेपाल बारएशोसिएसनले न्यायाधीशमा आधा हिस्सा माग्दै प्रधानन्यायाधीश र कानुनमन्त्रीलाई दबाब दिँदै आएको छ ।

विशेषगरी काँग्रेस निकट कानुनव्यवसायी, डेमोक्रेटिक लयर्श एशोसिएसन र नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले उच्चका न्यायाधीशका लागि सर्टलिस्ट भन्दा बहिरबाट पनि कानून व्यवसायी ल्याउनुपर्ने भन्दै दबाब बढाइरहेका छन् । कानूनमन्त्री गुरुङमार्फत लविङ बढाइरहेका छन् । नयाँ संविधान बनेपछि उच्चको अतिरिक्त न्यायाधीशबाट फालिएका कतिपय व्यक्तिलाई समेत उच्चको न्यायाधीश बनाउन ठूलै चलखेल भइरहेको बताइन्छ । न्यायाधीशबाट फर्केपछि पेशा चलाउन नसकेका यस्ता व्यक्तिका कारण न्याय परिषदका सदस्यहरु चर्को दबाबमा छन् ।

यसअघि तत्कालि प्रधानन्यायाधीश हरिकृष्ण कार्की, कानून मन्त्री धनराज गुरुङ र वरिष्ठतम् न्यायाधीश विश्वम्भर श्रेष्ठबीच कोटाका विषयमा सहमति कायम हुन नसकेका कारण न्याय परिषद वैठक बस्न विलम्व भएको बताईंदै आएको थियो ।

अझै पनि मन्त्री गुरुङ आफूले भनेका पात्रहरू सर्वोच्चदेखि उच्चसम्म आउने अबस्थाको सुनिश्चित नभएसम्म वैठक बस्न आनाकानी हुनसक्ने आशंका छ । परिषदमा एमालेको कोटाबाट दुई सदस्य बहाल रहेको अबस्थामा एमालेको भाग विगतदेखि नै सुनिश्चित छ ।

स्रोतका अनुसार यतिबेला सर्वोच्चका लागि ५५ र उच्च अदालतका लागि ५० वर्ष उमेर पुगेकाहरुलाई मात्रै ल्याउनेबारे छलफल चलिरहेको छ । यसपल्ट सत्ताधारी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबाट एक एक जना कानुन व्यवसायी सर्वोच्चको न्यायाधीश सिफारिस हुने बताइएको छ ।

सर्वोच्चको न्यायाधीशका लागि माओवादी कोटाबाट महान्यायाधिवक्ता दिनमणी पोखरेल र काँग्रेसबाट पूर्व न्यायाधिवक्ता खम्मबहादुर खातीको चर्चा छ । परिषद पदाधिकारीहरुबीच ३ जना कानुन व्यवसायीबाट र ३ जना उच्च अदालतका न्यायाधीशबाट सिफारिस गर्ने बिषयमा भने समझदारी बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?