ढाकाकुमार सँग मन्त्री बनाउन ३ करोड माग्ने ‘मोहनजंग थापा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड रकम माग्नेको नाम सार्वजनिक गरेका छन् ।

सांसद रहेकै बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रकम डिल गरेको अडियो लिक भएपछि कारबाहीमा परेका श्रेष्ठले आफूसँग मन्त्री बनाउँछु भन्दै तीन करोड रकम डिल गर्ने पार्टीको ‘कोर टिम’को नाम सार्वजनिक गर्ने बताएका थिए ।

स्पेस फोरके टेलिभिजनसँगको अन्तरवार्तामार्फत श्रेष्ठले रास्वपाका कोर टिमको नाम सार्वजनिक गरेका हुन् । श्रेष्ठले अन्तरवार्तामा भनेका छन्– ‘रास्वपा सरकारमा सहभागी हुने क्रममा तपाईं मन्त्री बन्दै हुनुहुन्छ तीन करोड तयार पार्नुहोस् भन्दै केन्द्रीय सदस्य मोहनजंग थालाले डिल गरेका थिए ।’ थापा सभापति रवि लामिछानेका अति निकट व्यक्ति हुन् ।

मोहनजंगहितको टिमले ३ करोड डिल गरेको भन्दै श्रेष्ठले थपे– ‘उहाँहरूले खुलस्त भन्नु भएको हो, तपाईं दाउरा सुरुवाल लगाएर रेडी हुनुहोस्, आफन्तहरुलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ लिनेवाला छ । ढुक्क हुनुहोस् मन्त्री बन्नु भयो तपाईँ । तर, त्यसका लागि हामीलाई ३ करोड चाहिन्छ । पार्टीलाई सहयोग गर्नु पर्छ भनेर मलाई माग्नु भयो ।’

मन्त्रिपरिषद् विस्तार नहुँदासम्म थापाको टिमले बारम्बार ३ करोड रकम मागेको भन्दै उक्त संवादको रेकर्ड दूरसञ्चारबाट निकाल्न सकिने समेत श्रेष्ठले बताएका छन् । त्यति मात्र नभएर मन्त्रीका लागि भएको डिलको म्यासेजसमेत आफूसँग सुरक्षित रहेको उनले दाबी गरेका छन् ।

मन्त्रीका लागि मोहनजंगको टिमले सुरुमा तीन करोड मागेको भए पनि अन्तिममा दुई करोड ५० लाखमा कुरा मिलेको समेत बताएका श्रेष्ठले आफू मन्त्री बन्नेमा ढुक्क भएको समेत बताएका छन् ।

मन्त्री बन्नका लागि दुई करोड ५० लाख चाहिने तर आफूसँग पचास लाख मात्रै भएका कारण त्यो समयमा दुर्गा प्रसाईँसँग सहयोग मागेको समेत उनले स्वीकार गरेका छन् । तर, सुरुमा प्रसाईँ आफैले आवश्यक परे सहयोग गर्नु भनेका कारण आफूले उनीसँग यति रकम आवश्यक छ सहयोग गर्नुस् भनेर कुरा गरेको उनले बताएका छन् । अमेरिका बस्दै आएका मोहनजंग थापा सभापति लामिछानेका अति नजिकका व्यक्ति हुन् । लामिछाने र थापाबिच पारिवारिक सम्बन्ध रहेको छ । तस्बिरमा : ढाकाकुमार श्रेष्ठ र मोहनजंग थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?