काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको छ ।
गएको आइतबार र सोमबार तोकिएको पेसी‘हेर्न नभ्याइने’हुँदा स्थगित गरिएको थियो । आज न्यायाधीश श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी १५औँ नम्बरमा तोकिएको हो ।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।














