बुटवल असार २ । चापाकोट नगरपालिका का पुर्व नगरप्रमुख शिव गिरीको दुर्घटनामा ज्यान गएको छ । स्कारपियो दुर्घटनामा गम्भिर घाईते गिरीको गए राती पौने १२ बजे उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा निधन भएको हो।
जिल्ला प्रहरीका अनुसार ,शुक्रबार राति उनी सवार बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार ।
चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरी राङखोलाबाट सदरमुका पुतलीबजार तर्फ जाँदै गरेको अवस्थामा शुक्रबार राति ११ बजे पुतलीबजार(१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेका थिए।
प्रहरीले पुतलीबजार(९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए।














