ललितपुर । ललितपुरको इमाडोलमा बस दुर्घटना भाई १८ जना घाइते भएका छन् । शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो ।
प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए ।
६ जनाको अवस्था सामान्य रहेको घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको जनाइएको छ। ।
‘बस करिब १० मिटर घिस्रिएको छ, दुर्घटना कसरी भयो भन्ने अनुसन्धानमै छौं,’ इन्सपेक्टर डाँगीले भने।














