कैलाली : नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोले कैलालीको गेटामा निर्माणाधीन सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानमा झार्ने र बिश्वविद्यालय हुन नदिने गरि सरकारले बजेट बक्तव्य मार्फत गरेको निर्णयले सुदुरपश्चिमबासीहरुको चाहानाको उपेक्षा गरेको भन्दै बिरोध जनाएको छ।नेकपा केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगतसिंह सीद्वारा हिजो (शनिबार) जारी प्रेस बिज्ञप्ती मार्फत नेपाल कम्युनिस्ट पार्टीले सरकारको उक्त निर्णय सच्याउनु पर्ने,बिगतमा बिश्वबिद्यालय बनाउने गरि ल्याइएका कानुन , निर्णय र भौतिक पुर्वाधारमा गरिएको लगानीको कार्यान्वयन गरिनुपर्ने माग गरेको छ।
इन्चार्ज भगत सिंहद्वारा जारि बिज्ञप्तीमा-२०६५/०६६ को बजेट देखि हाल सम्म नेपाल सरकारले विश्वविद्यालयको पुर्वाधार निर्माणमा साढे पाँच अर्व भन्दा बढी रकम खर्च गरिसकेको , लगभग ५१.५ हेक्टरमा निर्माण भएको भौतिक संरचना नेपाल कै नमुनायोग्य भएको तर विडम्बना अहिले आएर केही माफिया र राजनैतिक दलका केही नेताहरुको निहित स्वार्थका कारण उक्त संरचना लावारिस अवस्थामा रहने हो कि भन्ने चिन्ता र आशङ्का बढ्दै गइरहेको , यदि यसो हुन पुगेमा यस क्षेत्रका नागरिकहरुप्रति ठुलो बेइमानी हुनेछ भन्दै विश्वविद्यालय निर्माणका लागि र सरकारको गलत निर्णय विरुद्ध हुने आन्दोलनप्रति समर्थन र सहभागिता रहने समेत बताइएको छ।
विज्ञप्ति :















