काठमाडौं। सर्वोच्च अदालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश दिएको छ।
नेकपा माओवादीमा जनयुद्धका बेला प्रचण्ड लडाकु कमान्डर एवं सुप्रिमो थिए । माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रूपमा दुरुपयोग गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
उक्त रिट १६ जेठमा दरपीठ भए पनि शुक्रबार पुन : दरपीठ भएको रिट निवेदन दर्ता गराउन आदेश भएको हो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उक्त आदेश दिएको हो ।
विष्टले प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृह मन्त्रालय,रक्षा मन्त्रालय,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोगलगायतविरुद्ध रिट दिएका छन्।जनयुद्धका बेला माओवादीले आफूहरुजस्ता बालसैनिक भर्ती गरेको दाबी विष्टले रिटमा गरेका छन् ।














