२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

किन हुँदैछ २८ गते सुदुरपश्चिम बन्द ?

कैलाली : सुदूरपश्चिम प्रदेशमा जेठ २८ गते (आइतवार) आमहड्तालको घोषणा गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्र्दै आइतवार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ÷संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए। उनले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको समेत बताएका छन्।

संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ। उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि बिरोधमा गर्दै आएका हुन्।

गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ। बिहीवार अत्तरिया बजार बन्द गरेको थियो। बिहिवार साझ नाराबाजीसहित गेटाको मूल गेटमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको ब्यानर पनि राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?