१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

अखिल (क्रान्तिकारी) शैक्षिक विकृति विरुद्ध र समाजवाद स्थापनाका लागि संघर्ष गर्ने

काठमाण्डौं , जेठ २६ : शिक्षामा भएका विकृति , विसङ्गतिहरुको अन्त्यका लागि अखिल क्रान्तिकारीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सी ले बताएका छन । शुक्रवार काठमाण्डौमा आयोजित संगठनको एक जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै विद्यार्थीको हकहितका लागि सदैव अखिल क्रान्तिकारी नेतृत्वदायी भूमिका रहने उनले बताएका हुन ।

संगठनको काठमाण्डौं (k1) जिल्लाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै विद्यार्थी नेता प्रकाशले आज देशमा आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षामा वञ्चित हुनुपर्ने स्थिति रहेको बताए । मूल कानुन संविधानमा नै शिक्षा र स्वास्थ्य जस्ता विषय निःशुल्क व्यवस्था गरिएको भए पनि राज्य बेखबर हुँदा यिनै क्षेत्रमा ठूलो व्यापारीकरण भएको उनको भनाइ छ । ‘ हाम्रो देशमा रहेको दुई खाली विभेदकारी शिक्षा प्रणालीको विरुद्ध अखिल क्रान्तिकारीले निरन्तर खबरदारी गर्नुपर्छ , अध्यक्ष प्रकाश सी भने । सरकारी स्तरबाट सञ्चालित विद्यालयहरूमा राज्यको गैरजिम्मेवारीकै कारण विद्यार्थीलाई प्राविधिक देखि अन्य गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि आगामी दिनमा अखिल क्रान्तिकारीको अहम भूमिका निभाउनु पर्नेमा उहाँको जोड थियो ।

अध्यक्ष प्रकाशले भने ,“ देशको भूभाग मिचिदा पनि राष्ट्रप्रति जिम्मेवारी प्रकट नगर्ने युवा जमातलाई देशको राष्ट्रियताको संरक्षण र नेपाली इतिहास प्रति सजकता पैदा गरी राष्ट्रियताको रक्षा र जनताको समस्या समाधानका लागि संसदीय व्यवस्था विरुद्ध संघर्षमा लाग्नु उद्देलीत गर्ने अखिल क्रान्तिकारीको जिम्मेवारी हो ।” केही मान्छेले भने यही व्यवस्था अहिलेको संकटको निकास नभई वैज्ञानिक समाजवाद मात्रै सबै कुराको हल भएको उनको जिकिर छ ।

उक्त सम्मेलनमा सहभागी अर्का वक्ता अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रकाश सीले अहिलेको राजनीतिक परिस्थिति युवा विद्यार्थीलाई गलत ढंगबाट बुझाइएको बताए । यथास्थितिलाई नै प्रसय गर्ने गरी सञ्चालित अहिलेको सामाजिक राजनीतिक अवस्थालाई क्रान्तिकारी आन्दोलन संग जोड्नु वर्तमान आबस्यकता रहेको उनको भनाइ थियो । विद्यामान रहेको शिक्षा प्रणालीमा विश्वमा आएको फेरबदल सँगै प्रतिस्पर्धात्मक आधुनिक र प्रविधि मैत्री शिक्षा उपलब्ध नहुँदा नेपाली युवा विद्यार्थीले विदेशको सपना देख्नुपर्ने अहिलेको विडम्बना रहेको सचिव प्रकाशले भने । शैक्षिक क्षेत्रमा नयाँ ढंगले बढ्दै गएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न संगठनले पहलकदमी लिने विद्यार्थी नेता प्रकाश बताउँछन । समान शिक्षा प्रणालीको स्थापना र शैक्षिक गुणस्तर सुधारको लागि सदैव प्रतिबद्ध भई काम गर्ने सम्मेलनबाट निर्वाचित काठमाण्डौं k1 जिल्लाका अध्यक्ष हस्त सी ले अठोट व्यक्त गरेका थिए ।

सम्मेलनले अध्यक्ष हस्त सी को नेतृत्वमा २५ सदस्यीय समिति समिति गठन गरेको बताएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष प्रकाश सी को प्रमुख आथित्यतामा सम्पन्न सम्मेलनको अध्यक्षता हस्त सी को रहेको थियो भने विशिष्ट अतिथिहरुमा पार्टीका (k1) जिल्ला ईन्चार्ज सुरेन्द्र सी त्यसै गरी अतिथिहरुमा संगठनका सचिव प्रकाश सी , संगठनका केन्द्रीय सचिवालय सदस्यहरू अटल सी , तारा सी, अनिल सी लगायत विद्यार्थीहरुको सहभागिता थियो ।

संगठनको जिल्ला सम्मेलनमा सहभागीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?