२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : गोदावरीमा चिडियाखाना स्थापना हुने ( पूर्णपाठ )

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा थुप्रै आकर्षक नाराहरु उल्लेख छन् । तर, कार्यान्वयन तथा नतिजाको विश्वसनीय आधार भने प्रस्ट छैन ।

प्रदेश सरकारले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । सरकार ‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’ कार्यक्रम घोषणा गर्दै कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै, पर्यटन पूर्वाधार विकास, एकीकृत बस्ती विकास, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रको विकास समेट्ने गरी आकर्षक नारासहितका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख छ । सुदूरपश्चिम प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने, गोदावरी–धनगढी मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।

यस्तै सेती, कर्णाली र महाकाली नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । कैलालीको गोदावरीमा चिडियाखाना स्थापना गर्ने कार्यक्रम पनि प्रदेश सरकारले अगाडि सारेको छ ।

नीति तथा कार्यक्रमकाे पूर्णपाठ :

Sudur

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?