कञ्चनपुर बेलौरी नगरपालिका १० लठ्ठाघाटबाट लागू औषध सहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेल्डाडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त टोलीले तिनै जनालाई पक्राउ गरेको हो । उनीहरू कैलाली धनगढी उपमहानगरपालीका वडा न ११ बस्ने पदम बहादुर बोहरा र कृष्ण राज राना त्यसै गरी वडा नम्बर ६ बस्ने भानु चौधरी रहेका छन् ।
पक्राउ परेका उनीहरू सँग १०.८४० ग्राम लागु औषध खैरो हिरोईन फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । आईतबार पक्राउ परेका ती व्यक्तिहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














