१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

रहस्यमय मृत्यु भएका अभिषेकको न्यायका लागि अखिल क्रान्तिकारी उत्रिए सडकमा

काठमाडौं। रहस्यमय मृत्यु भएका अभिषेक तामाङ्गको न्यायका लागि अखिल क्रान्तिकारी सडकमा उत्रिएका छन् ।

नयाँबजार स्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रवासभित्र मृत फेला परेका बालक अभिषेक तामाङको प्रहरीले सत्य,तथ्य छानबिन गरी कारबाहीको माग राख्दै अखिल क्रान्तिकारीले बिहीबार विराेध प्रदर्शन गरेका हुन् ।

विराेध प्रदर्शनमा वोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका ब्युरो ईन्चार्ज अटल सी ले “शिक्षक र स्कूल प्रशासनको लापरवाहीका कारण देशभरिका धेरै बिध्यार्थीले आत्महत्या गर्ने गरेको बताए ।”

उनले,अभिषेक तामाङको घटना पनि रहस्यमय भएको हुँदा वार्डेन नारायण सापकोटालाई प्रहरीले घटनाको सत्य,तथ्य छानबिन गरी सजाय नदिएको खण्डमा पीडितको पक्षमा रही अखिल क्रान्तिकारीले संघर्स गर्ने प्रतिबद्धता जनाए । उनले,नाफा कमाउने उदेश्यले सञ्चालन गरिएका प्राइभेट स्कूलहरूमा मानवता नभई नाफा र नोक्सानको मात्रै हिसाब गर्ने गरिएको पनि बताए ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत ११ वर्षिय अभिषेक तामाङ्गको मङ्गलबार राती भएको रहस्यमय घटनाले विद्यार्थी र अभिभावक २ दिन देखि आन्दोलित छन् । उनीहरू २ दीन देखि आभिशेकको घटना आत्महत्य नभई हत्या भयेको दावी गर्दै अपराधीलाई सजाएको माग राख्दै आन्दोलन गरिरहेको बताउँछन् ।

त्यसै विद्यालयमा अध्ययनरत एक बिध्यार्थी भन्छन् ,” १५ महिना देखि त्यसै होस्टेलमा बस्दै आएका अभिषेक पढाइमा एकदमै अब्बल र मिलनसार थिए। उसले आत्महत्या गर्ने कुनै पनि कारण थिएन यो हत्या नै हो,अभिषेकको मृत्यु भएकै दिन दिउँसो वार्डेनले के कारणले हाे अभिषेकलाई सजाय स्वरुप टोइलेट साफ गर्न लगाएको र कुटपिट पनि गरेका थिए ।

११ वर्षे मृतकको घाँटीमा र गलामा पनि नील डाम देखिएको हुँदा घटना पुर्ण रुपमा संकास्पद रहेको विद्यालयका बिध्यार्थी र मृतकका आफन्त बताउँछन् ।

घटना संकास्पद छ भन्दै आफन्तले उजूरी दिए पछि होस्टेल वार्डेन र प्रिन्सिपल लाई छानबिनको लागि सोरखुट्टे प्रहरि कार्यालयमा राखिएको प्रहरिले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?