काठमान्डौ, ०९ जेठ : सरकारले सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमी का सुरुवातकर्ता डा. सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाएको छ।
पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट डा.रुइतको जीवनी हटाएसँगै चर्चा र आलोचना भएको छ ।
आज बसेको संसदको बैठमा नै यो विषयमा कुरा उठेको छ । नेकपा एमालेका सांसद रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यपुस्तक बाट डा. रुईतको जीवनी हटाएकोमा एमालेले आपत्ति जनाउने कुरा बताए र सांसद पन्तले जीवनी हटाएको विषयमा शिक्षा मन्त्रीले संसदमा जफाब दिनुपर्ने माग गरेका छन् । त्यसै गरी नेपाल विद्यार्थी संघले पनि यो कुरामा विरोध जनाएको छ ।
सरकारले भने उक्त पाठ्यपुस्तकबाट सन्दुक को जीवनी किन हटायो भन्ने कारण अहिलेसम्म खुलाएको देखिदैन ।















