​‘एकीकृत जनक्रान्तिका १२ वर्ष’ शीर्षकको विशेष प्रकाशन विमोचन

​काठमाडौँ । ‘एकीकृत जनक्रान्तिका १२ वर्ष’ शीर्षकको विशेष प्रकाशन विमोचन गरिएको छ । मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पुनर्गठनको सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रकाशन विमोचन गरिएको हो ।

​नेकपा (माओवादी) का बागमती प्रदेश इन्चार्ज माइला लामा, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की उपाध्यक्ष धीरेन्द्रा उपाध्याय लगायतले संयुक्त रूपमा पत्रिकाको विमोचन गर्नुभएको थियो ।

​विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्माणको १२ वर्षको क्रममा प्राप्त राजनीतिक-वैचारिक उपलब्धि, सीमा, सम्भावना एवं चुनौतीका विविध आयामबारे प्रकाशनले खोजमूलक सामग्री तयार पारेको छ ।

​समग्र कम्युनिस्ट आन्दोलनमा विचार र दृष्टिकोणबारे अध्ययन, छलफल र खोज अनुसन्धानको काम कमजोर हुँदै गएको बेला नेपाल लगायत विश्वका क्रान्तिकारी आन्दोलनका पछिल्ला गतिविधि र विगत १२ वर्षमा अगाडि सारिएका विचार, कार्यक्रम, राजनीति र कम्युनिस्ट अर्थ-दृष्टिकोण लगायत नेपाली समाजको सामाजिक-आर्थिक पक्षको समेत विश्लेषण गर्दै प्रकाशन तयार पारिएको छ ।

​प्रकाशनलाई जनपक्षीय पत्रकारहरू कुशल बोगटी, सुदर्शन मङ्गोल र शेरबहादुर विश्वकर्माले सङ्कलन एवं सम्पादन गर्नुभएको हो । १ सय २८ पृष्ठ रहेको प्रकाशनको संस्थागत मूल्य ५ सय रुपैयाँ र व्यक्तिगत मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

डिजिटल कन्टेन्ट क्रियसनमा एक वर्षे पोस्ट ग्य्राजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै त्रिवि

नेपाल-भारत वार्ता: प्रधानमन्त्री शाहको भ्रमणमा २४ हजार करोड रुपैयाँको सहयोग प्याकेज घोषणा

spot_img

छुटाउनुभयो कि ?