काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसदले प्रधानमन्त्री बालेनको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै राष्ट्रिय सीमाका विषयमा सरकारको आधिकारिक धारणा माग गरेका छन्।
संसद्मा बोल्दै उनले नेपालले सधैं छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने र कसैको पनि भूमि नमिचेको स्पष्ट पारे। बरु नेपालले आफ्नै भूमि र राष्ट्रिय सीमाको पर्याप्त संरक्षण तथा व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
”सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल आवश्यक छ,” उनले भने, “यस्ता राष्ट्रिय संवेदनशीलताका मुद्दामा सम्पूर्ण नेपालीको धारणा एउटै हुनुपर्दछ।”
प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उनले नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो भनी प्रश्न गरे। यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज भए तत्काल जनतासामु सार्वजनिक गर्न समेत उनले जोडदार माग गरे।














