मध्यपुर थिमिमा तीन महिने धिमे बाजा प्रशिक्षण सम्पन्न, संस्कृति संरक्षणमा युवाको सक्रियता प्रशंसनीय

भक्तपुर, मध्यपुर थिमी। पाचो धिमे खलःले आयोजना गरेको तीन महिनाको धिमे बाजा प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कला, संस्कृति तथा परम्परागत बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रशिक्षणमा ५३ जना युवायुवती सहभागी भएका थिए।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले परम्परा र संस्कृतिप्रति समर्पित युवाहरूप्रति आभार प्रकट गर्दै यस्ता अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “मौलिक संस्कृतिको जगेर्ना गर्दै युवाहरूको चासो र सहभागिता बढ्नु आशाजनक हो,” सांसद थापाले भने।

बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा सम्पन्न कार्यक्रमको संयोजन सुशन प्रजापतिले गरेका थिए। मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रका मौलिक बाजा र सांस्कृतिक सम्पदाको संरक्षणमा नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए।

कार्यक्रममा बागमती प्रदेश सांसद धनेश्वरी प्रजापतिले पनि बाजागाजा संरक्षण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै नेवार संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाएको उल्लेख गरिन्। “सांस्कृतिक समृद्धिको लागि राष्ट्रप्रेमी सबै एकीकृत हुन जरुरी छ,” उनले भनिन्।

धिमे, बाँसुरी, नौबाजा, म्वायलि जस्ता लोपोन्मुख परम्परागत बाजाको संरक्षण आवश्यक रहेकोमा सबै वक्ताहरूको एक मत देखिएको थियो।

कार्यक्रममा मध्यपुरका सांस्कृतिक सम्पदाका जीवित धरोहर श्री श्रीगोपाल प्रजापति, थिमिका ६ जना भैलः नाच गुरु तथा ५ जना बाजा गुरुहरूलाई विशेष सम्मान गरिएको थियो।
४ वर्षे बालकदेखि अधवैँशे महिला र पुरुषसम्म सहभागी रहेको यस प्रशिक्षणमा महिलाको उल्लेख्य सहभागिता देखिनु विशेष रहेको आयोजकले जनाए। केही दशक अघिसम्म धिमे बाजामा महिलाको औपचारिक सहभागिता वर्जित मानिन्थ्यो, तर बदलिंदो सामाजिक सोचसँगै परम्परागत शैलीमा महिलाहरूको संलग्नता बढ्दै गएको छ।

धिमे नृत्य र बाजा प्रस्तुतिसँगै सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, संस्कृतिप्रेमी, भैलः नाचका गुरुहरू तथा स्थानियबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?