कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक हुँदै

सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो आइतबार सार्वजनिक हुने भएको छ। यस गीतलाई भिडियोसहित ‘सुदूर खबर वान’ युट्युब च्यानलबाट सार्वजनिक गरिने गायक पन्तले जानकारी दिएका छन्।

गीतमा कृष्ण दत्त पन्त र संगीता मल्लको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन गोपाल दयालले गरेका छन्। गीतको मिक्सिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ कार्य म्युजिक प्लस काठमाण्डौं स्टुडियोमा सम्पन्न भएको छ।

कमेडी डेउडा शैलीमा तयार पारिएको यस गीतमा गायक कृष्ण दत्त पन्त स्वयं अभिनयमा देखिनेछन्। साथै, वर्षा सापकोटा, सागर धामी, दिपा बम, पवित्रा थापा र जुना साउदको समेत अभिनय रहनेछ। भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन किशोर कुमार भण्डारीले गरेका छन् भने मेकअपको जिम्मेवारी दिपा भण्डारीले सम्हालेकी छिन्।

सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास स्वरूप तयार पारिएको यो गीत दर्शक तथा श्रोतामाझ चर्चित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?