निर्माण व्यवसायी संघ कञ्चनपुरको ज्ञापन ‘सरकार निर्माण समाग्रीमाथि लादेको कालोबजारी अन्त्य गरिदेउ’

कञ्चनपुर, ६ माघ : निर्माण व्यवसायी संघ कञ्चनपुरले गृहमन्त्री रमेश लेखक र प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार निर्माण व्यवसायी संघ कञ्चनपुरले गृहमन्त्री रमेश लेखक र प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले पछिल्ला दिनहरुमा निर्माण व्यवसायीमाथि मार्का पर्ने गरेर निर्माण समाग्रीको मुल्य बृद्धि गरेर मारमा पारेको भन्दै गृहमन्त्री लेखकलाई महेन्द्रनगरमै भेटेरै ज्ञापन पत्र बुझाएको र प्रधानमन्त्री ओलीलाई प्रशासन मार्फत ज्ञापन पत्र पठाएको बताए ।

‘हामी निर्माण व्यवसायीमाथि मुल्य बृद्धि गरेर अन्याय गरेको छ, यसमा सरकारले केही हेरिदिएको छैन,‘अध्यक्ष भट्टले भने, ‘गृहमन्त्री लेखक जीलाई भेटेरै १४बुँदे ज्ञापन पत्र बुझाए, उता प्रधानमन्त्रीलाई सिडिओ मार्फत बुझाएका छौँ ।’
निर्माण समाग्री सिमेन्ट, छड लगायतमा चर्को मुल्य बृद्धि रोक्नुपर्ने, कालो बजारी रोक्नुपर्ने, निर्माण व्यवसायीको काम गरेको भुक्तानी निकासा दिनुपर्ने, बीमा, आर्थिक नियमावली परिर्वतन जस्ता माग अघि सारेर ज्ञापन पत्र बुझाएका छन ।

‘अहिले हामीले सरकारलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ, हाम्रा मागमा ध्यान नदिए आन्दोलन चर्काउँछौँ, ‘उनले भने, ‘सरकारले देश निर्माणमा भूमिका निर्वाह गर्दै आएका निर्माण व्यवसायीको पिरमर्का बुझिदिएको छैन ।’ माघ मध्यसम्ममा पनि माग बारे सुुनुवाई नभएर निर्माण होलिडेदेखिका आन्दोलन चर्काउने चेतावनी दिएका छन ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले निर्माण व्यवसायीका जायज माग पुरा गर्न सरकार दृढ रहेको बताउँदै आन्दोलनतर्फ सोच्दै नसोच्न आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?