थापाथली चेस पार्क क्लबले जिते राष्ट्रिय टिम चेस उपाधि 

ललितपुर । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको फाइनल प्रतिस्पर्धामा थापाथली चेस पार्क क्लब विजयी भएका छन्। 
           

नकआउट समिकरणमा पूर्व विजेता दोलखा चेस होमलाई सहज रुपमा पञ्छाएका थापाथली चेस पार्कले फाइनल खेलमा ललितपुर स्पोर्ट्स क्लब माथि कठीन जीत प्राप्त गरेका छन्। चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्‍यापिड चरण सम्म ढकेल्न सफल बने।
                

क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा टुङ्गिएको थियो। पहिलो वोर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारी स्पोर्ट्स क्लबका सिएम सजिन महर्जनसँग हार व्यहोरे भने चौथो वोर्डको स्पर्धामा नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी बिनिता कपाली सित पराजित हुन पुगिन्।
           

टिम गेममा चेस पार्कले २ अंग गुमाउदाको दबाब झेल्दै दोश्रो वोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपाने माथि जित गर्ता गरि १ अंकको खाता खोले भने तेश्रो वोर्डमा आशीष फूँयालले रिसोन थापा विरुद्ध टाइम आउट गराउदै टिमको स्कोर २-२ बनाए। 
         

लगत्तै प्रतिस्पर्धा र्‍यापिड चरणका प्रवेश भएको थियो। जहाँ रिजेन्द्र राजभण्डारी पुन: सजिन सँग पराजित भए। चेस पार्कका अन्य खेलाडी सुशील चौधरी, आशीष् फूँयाल र सिन्दिरा जोशीले आआफ्नो खेल जितेर ३ – १ अंकको स्कोर बनाउदै उपाधि जित्नमा योगदान पुर्‍याउन सफल बने। 
          

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न सातौं संस्करणको राष्ट्रिय क्लब टिम प्रतियोगिताको विजेता बनेसंगै थापाथली चेसपार्क क्लब हाट्रिक सहित तेस्रोपटक च्याम्पियन कहलिएका छन्। चेसपार्कले नगद २ लाख पुरस्कार प्राप्त गरे।
             

प्रतिस्पर्धामा आयोजक ललितपुर स्पोर्ट्स क्लब उप विजेता बनेका छन्। क्लबले १ लाख २० हजार नगद पुरस्कार हात पार्न सफल भएका छन्। 
       

प्रतियोगिताको उच्च वरियता ललितपुर महानगरपालिका टिमले तेस्रो स्थानमा रहदै नगद ६० हजार प्राप्त गरेका छन् भने चौथो स्थान ओगटेका पूर्व च्याम्पियन दोलखा चेस होमले नगद ४० हजार हात पार्न सफल बनेका छन्। 
         

यस विच आज सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक लाल घिसिङले विजेता क्लबलाई शील्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरेका छन्। 
      

समापन समारोहमा मन्तब्य ब्यक्त गर्दै टंकलाल घिसिङले नेपाली खेलकुद नेपाल सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले प्रदान गर्ने कुनै पनि निर्देशन सबैले नि:शर्त पालना गर्नु पर्ने धारणा राखेका छन्। उनले भने बौद्धिक खेल बुद्धिचालले अनुशासन सिकाउछ। यसलाई सबैले समय मै अनुशरण गरे खेलकुद सहि ढंगवाट अगाडि बढ्ने वातावरण श्रृजना हुनेछ। 
       

कार्यक्रमका सभापति नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेललाई आगामी राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गर्न निवेदन गर्दै हाल सबै खेल संघ भन्दा वढि गतिविधि गरेको संघमा चेस खेल रहेको दावी समेत गरेका छन्। 
            

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले सञ्चालन गरेको समारोहमा विशेष अतिथिका रुपमा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, महासंघका उपाध्यक्ष धिरेन बोगटी, उप महासचिव मोनालिसा खम्बू लगायतको उपस्थिति रहेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?