छविको बयान सकियो,रविको बयान अब हुने

काठमाडौँ- सहकारी ठगीका आरोपित पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज अदालतमा उपस्थित गराइएको भएपनि उहाँको बयान लिन भने आज नभ्याइएको अदालतले जनाएको छ । उहाँको बयान पर्सि हुनसक्न पनि अदालतले जानकारी दिएको छ । अदालतले आज सहकारी ठगीका अर्का आरोपित लिला पछाइसँग बयान लिएको छ । पछाइको बयान पनि नसकिएको अदालतले जानकारि दिएको छ ।

आज रबिसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई बयानका लागि अदालतमा उपस्थित गराइएको हो । आरोपी मध्ये छविलाल जोशीको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?