१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

एशियन एमेच्योर र्‍यापिड तर्फ सिन्दिरा जोशीको सानदार प्रदर्शन

सन्दिप घिमिरे

काठमाडौं । सोमबार युएईको दुबई स्थित अलएनमा प्रारम्भ भएको २ हजार रेटिङ्ग मुनि एशियन एमेच्योर महिला र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशीले सानदार खेल प्रदर्शन गरेकी छिन् । 
               

नेपालका ओलम्पियाड खेलाडी १६५६ रेटेड सिन्दिराले पहिलो दिन पाँच चरणको खेल सम्पन्न हुदा अपराजित रहँदै ४ अंक जोडेर संयुक्त दोश्रो स्थान सुरक्षित गरेका छन्। 
                     

नेपालमा हुने खेलहरुमा पुरुष खेलाडी सँग प्रतिस्पर्धा गरेको अनुभवलाई सदुपयोग गर्दै सिन्दिराले आफू भन्दा उच्च वरियता न्यूजिल्याण्डकि १९४४ रेटेड चारोमोभा इभ्ग्वेनिया माथि जीत दर्ता गरेका छन्। 
             

यस्तै अनरेटेड भारतका संगीता आशुदानी, १४८७ रेटेड फिलिपिन्सका ओलाङ्दाग मेघन गाब्रिएल्लेलाई पराजित गरेकी छिन् भने १४२९ रेटेड युएईका रोदाह घलिभ अलाफीफि र भारतका १६०६ रेटेड एसिएम मार्कसिम कार्की सँग बराबरी खेलेकी छन्। 
             

१५ मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ड प्रति चालको र्‍यापिड विधामा भोलि अन्तिम दुई चरणको खेल पश्चात विजेता घोषणा हुनेछ। उनले भोलिको खेल कालो गोटी लिएर ताजकिस्तानका १८९१ रेटेड डब्लू एफएम एण्टोनोभा नाडेज्डा सँग प्रतिस्पर्धा गर्ने भएको छ। 
               

यसैगरी नेपालीका महिला एमेच्योर च्याम्पियन पूजा भण्डारीले ३ अंक जोडेर संयुक्त चौथो स्थानमा उभिन सफल भएका छन्। पूजाले ३ खेलमा जितको स्वाद लिएकी छन् भने २ खेलमा हारको सामना गर्न पुगीन्। 
                  

नेपालीका २ महिला खेलाडी सहभागी रहेको स्पर्धामा १६७१ रेटेड पुजाले ब्रुनाइका १४८५ रेटेड अल आरायध दानीयाह, युएईका १४३७ रेटेड अल रीम अल हमादी र भारतका १५१८ रेटेड पूजारानी विरुद्ध जीत हात पारेकी छिन् । 
           

पूजाले युएईका दुई खेलाडीसँग भने हार ब्यहोरेका छन्। उनले भोलि काजकिस्तानका १५८८ रेटेड झुमाबेक नुरसाया सँग प्रतिस्पर्धा गर्ने छन्। 
          

प्रतियोगितामा १६ राष्ट्रका ३६ खेलाडीको सहभागीता जनाएको खेलमा पाँच जीत प्राप्त गरेकी १७२५ रेटेड युएईका एनोड एइसा मोहम्मदले एकल अग्रता हासिल गरेका छन्। भोलि र्‍यापिड विधाको अन्तिम दुई खेल हुनेछ। त्यसपछि ब्लिट्ज विधाको खेल हुनेछ । 
          

नेपाली महिला खेलाडीले प्रतियोगितामा क्लासिकल , र्‍यापिड र ब्लिट्ज गरि तिन विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधाका ५ जना शीर्ष खेलाडीले क्रमशः १५ सय, १२ सय , १ हजार, ८ सय र ५ सय युएस डलर पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?