चाडपर्वमा खर्चको जोहो गर्न भन्दै राउटेको टोली पोखरामा

कास्की- ‘बडा तिहार’ मनाउने खर्च जोहो गर्न सुर्खेतबाट लोपोन्मुख नेपाली जाति राउटेको टोली पोखरा आइपुगेको छ । राउटे मुखियाको नेतृत्वमा ७ जनाको टोली हिजो पोखरा आइपुगेको र आज उनीहरुले पोखरा महानगरपालिकाका जनप्रतिनिधिसँग भेटघाट गरेका छन । आफूहरु एकसरो लुगा, चामल, तेल, दाल तथा खसीका लागि आवश्यक पर्ने रकम जुटाउन पोखरा आइपुगेको राउटे मुखिया शेरबहादुर रासकोटी शाहीले बताउनुभयो।

मङ्सिरमा बडा तिहार मनाउने गरिएकोमा यस वर्ष यही १२ गतेबाट उक्त चाड सुरु हुने र लगातार ५ दिनसम्म चल्ने उहाँले जानकारी दिनुभयो । उहाँले १० वर्ष अगाडि समेत पोखरामा सहयोग उठाउन आएको स्मरण पनि गर्नुभयो । टोलीले गण्डकी प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की लगायतबाट पनि सहयोग प्राप्त हुने आशा गरेको छ । बडा तिहारमा ७-८ वटासम्म खसी काट्नुपर्ने र सोही अनुसार रासनपानी चाहिने भएकोले खर्च जोहो गर्नु परेको उहाँहरुको भनाइ छ ।

राउटे जातिलाई चाडपर्वको बेला खर्च जुटाउन र जाडो मौसममा एकसरो लुगा जुटाउन समेत समस्या हुने गरेको छ ।सुर्खेतमा ४६ घरधुरीमा गरी करिव २ सयको हाराहारीमा छन । त्यसका साथै राउटेको टोलीले फेवाताल लगायत पोखराका महत्वपूर्ण पर्यटकीय स्थलको अवलोकनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?