विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौँ – विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन कार्यकारी समितिले पछिल्लो विपद्बाट प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उक्त सिफारिस गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले विपद्तबाट झण्डै चार दर्जन पालिका प्रभावित भएको जानकारी गराउँदै सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि सोहीअनुसार पुनःनिर्माण तथा पुनःस्थापनको काम अघि बढ्ने बताउनुभयो ।

यही असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । साथै बाढीपहिरोमा परेका १७ हजारभन्दा बढीको उद्धार गरिएको छ । उक्त विपदबाट रु २५ अर्बभन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ ।

विपद्बाट १४ वटाभन्दा बढी जिल्लाका पालिका प्रभावित भएका छन् । प्राधिकरणले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, सङ्खुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका बढी पालिका प्रभावित भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?