चीनको शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी

एजेन्सी – चीनको व्यापारिक राजधानी मानिने शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ। ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी जनाएको छ ।

आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । चीनको मौसम विभागले बिबिन्का आँधीले शांघाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । आँधीको पूर्वसूचना पाएलगत्तै शांघाई नगर प्रहरीले हिजो ततकालै चार लाख जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको थियो ।

यस्तै चेओन्गामिङ जिल्लाबाट नौ हजार जना मानिसलाई पनि सुरक्षित ठाउँमा सारिएको सरकारले जनाएको छ । आँधीका कारण चीनमा सयौं उडान रद्द भएका छन् भने शांघाई जोड्ने सबैजसो राजमार्गहरू पनि बन्द भएका छन् ।आँधीको कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?