थारु कल्याणकारीद्वारा एमाले संसद शर्मालाई कारबाहीको माग

कञ्चनपुर, भदौँ २४ : थारु कल्याणकारिणी सभाले दाङकी १४ बर्षिया बालिकालाई घरेलु कामदारका रुपमा खटाउने एमाले संसद रेखा कुमारी शर्मालाई कार्बाहीको माग अघि सारेको छ । थारु कल्याणकारिणी सभा कञ्चनपुरले १४ बर्षिया बालिका उर्मिला चौधरीलाई ८ बर्षदेखि घरेलु कामदारका रुपमा प्रयोग गर्ने सांसद शर्मालाई कानुन अनुरुप कार्बाहीको माग अघि सारेको हो ।

०७० सालमै बालबालिकालाई घरेलु कामदारका रुपमा प्रयोग गर्न नपाईने कानुनी व्यवस्था भएपनि सांसद शर्माले कानुनको धज्जी उडाएर बालिकालाई बधुवा मजदुर बनाउने काम गैर कानुनी अमानविय भएको भन्दै कार्बाहीको माग अघि सारेको छ । थारु कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सानु चौधरीले घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।
सत्ताधारी एमालेकी संसद शर्माले बालिका घरेलु कामदार बनाएको विषयमा काठमाण्डौँ महानगरका मेयर बालेन शाहले उक्त विषयमा प्रशन उठान गरेपछि एमाले र मेयर बालेनविच दोहरी चलिरहेको छ । आफुलाई मुक्त कमैया, हलियाका क्षेत्रमा काम गर्ने अधिकारकर्मी बनाउने डलरबादी किन नबोलेको भन्दै प्रशन गरिरहेका छन । दाङकै थारु र मुक्त कमैया, कम्लहरीको हितका लागि भन्दै आफुलाई बनाउने एमाले नेतृ एव पुर्व संसद शान्ता चौधरी समेत चुपचाप बसेको भन्दै आलोचना गरिरहेको छ । यसरी बालबालिकामाथि दोहन गर्ने एमाले सांसदलाई पाटीले कार्बाही वा पुरस्कृत गर्छकी गर्दैन भनेर प्रशन गरिरहेका छन । आफुलाई थारु महिला, बालबालिकाको हिमायती भन्ने एमालेका जिम्मेबार नेता एव संसदले यसरी बाल अधिकार कुण्ठित गर्ने कार्य गरेको भन्दै चौतर्फि आलोचना भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?