२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

विद्यार्थी ठगेर विश्वविद्यालयलाई कमिशन दिन्छ एसडि मिराकल

काठमाडौं । एसडि मिराकल एजुकेशन कन्सल्टेन्सीले नक्कली बिल बनाएर करछली गर्छ भन्ने विषयमा यसअघि हामीले समाचार लेखिसकेका छौं । यो समचारको एसडि मिराकलले खण्डन गर्न सकेको छैन । समाचार प्रकाशन पछि युग प्रेसको टिमलाई भेट्न आएका कम्पनीका सीइओ गणेश शर्माले विद्यार्थीलाई दिएको भ्याट बिल पेस गर्न सकेनन् भने नक्कली बिल आफ्नै भएको पुष्टि गरे ।

अडिटको सामान्य सिद्धान्तसमेत नबुझेका सूर्य नाम गरेका नक्कली अडिटरसहित आएका शर्मा बिल देखाउन तयार भएनन् । नक्कली बिल र बिल विनाको सर्भिस चार्जसँगै जोडिएको अर्को विषयको पोल पनि खुलेको छ । एसडि मिराकल नामको कन्सल्टेन्सीले नक्कली बिल बनाएर विद्यार्थी ठग्दै विश्वविद्यालयलाई कमिसन दिने गरेको तथ्यसहितको पोल खुलेको हो । कोरियाको सरकारी विश्वविद्यालय kangwon नेशनल युनिभर्सिटीका प्रतिनिधि (डिन) लाई उनले एउटा विद्यार्थी बराबर ५ सय अमेरिकी डलर दिने गरेका छन् ।

नेपालमा विद्यार्थीलाई सर्भिस चार्जको बिल नदिएर लाखौं रुपैयाँ असुल्दै आएका शर्माले विश्वविद्यालयका डिन किम केउङ् टीलाई उक्त रकम हुण्डिमार्फत पठाउने गरेका छन् । यसरी रकम पठाएपछि विश्वविद्यालयले भनेजति कोटा दिने गरेको कोरियन एजुकेशनल कन्सल्टेन्सी एशोसियसन अफ नेपाल (केक्यान)का एक पदाधिकारीले बताए । उनले एसडि मिराकलका कारण कोरियाका विश्वविद्यालयले दिने कमिसन घटेको र विश्वविद्यालयहरु विचौलियाको कब्जामा गएको बताए ।

उनले कोरियामा समेत कार्यालय संचालन गरेर अवैध धन्दा चलाइरहेका छन् । ‘तपाईंलाई थाहा छ एसडि मिराकलको अफिस कोरियामा किन खुल्यो ? किन भने उसले विश्वविद्यालयका डिनलाई प्रभावमा पारिरहेको छ । नेपालबाट पैसा पठाउन असहज भयो ।’,अघिल्लो समाचार लेखेपछि सम्पर्कमा आएका केक्यानका पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने,‘त्यही पैसा दिनलाई सजिलो होस भनेर कोरियामा कार्यालय खोलेको हो । त्यो कार्यालय दर्ता पनि छैन ।’

उनका अनुसार ,कोरियामा रहेको यो कार्यालयले कानूनी माध्ययमबाट नेपाल पठाउन नसकिएको पैसा कोरियामा बुझ्ने काम गर्छ । उता पैसा बुझेपछि शर्माले नेपालमा उनीहरुका आफन्तलाई क्यासमा नेपाली रुपैयाँ दिने गरेका छन् । नेपालमा करछली गरेर करोडौंको घर तथा गाडि जोडेका शर्मा कोरियामा समेत गैरकानुनी काम गरेर कालो धन थुपार्ने ध्याउन्नमा छन् ।

कोरियाका विश्वविद्यालयलाई कमिसन दिनुहुन्छ भनेर सोध्दा उनले धम्कीपूर्ण भाषामा आफूले यस्तो नगरेको बताए । ‘तपाईंले कोरियाको कङवङ नेशनल युनिभर्सिटीमा भिसा लागेपछि कमिसन दिनुहुन्छ भन्ने गुनासो छ । के हो यसको बास्तविकता ?’,भन्ने युग प्रेसको प्रश्नमा उनले झर्किदै न्यायाधीश नबन्न धम्की दिए ।‘तपाईं न्यायाधीश बन्न नखोज्नुहोस् । म पनि पत्रकार हो । लेख्न मलाई पनि आउँछ । राज्यभरी यत्रा वेथिति छन् । नेपालमा बसेर केही गर्नेलाई तथानाम नलेख्नुहोस् ।’, समाजिक संजाल ह्वास्एपमा उनले भने, ‘कन्सल्टेन्सी चलाउन सजिलो छैन । कन्सल्टेन्सी काम गर्न रहर लागेको छ भने तपाईं चलाउनुहोस् । मसँग दर्तावाला अर्को अर्को एउटा कन्सल्टेन्सी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?