नक्कली मुद्दती रसिद पेश गरेर प्रभु बैंकको रकम दावी !

काठमाडौं । प्रभु बैंकको झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने सम्बन्धमा विभिन्न समाचार माध्यमहरुमा प्रसारित समाचारका सम्बन्धमा बैंकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त शाखा कार्यालयका निक्षेपकर्ता मन्जु कुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी थाहा भएपछि बैंकले अनुसन्धान गरेको बैंकले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंकले आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको पुष्टि भएको बैंकको भनाइ छ । सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बैंकले जनाएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?