हावाहुरीसँग परेको चट्याङ लाग्दा एकजनाको मृत्यु

काठमाडौं । आइतबार हावाहुरीसँग परेको चट्याङ लाग्दा रौतामाई गाउँपालिका-७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरका प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार चट्याङ लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो ।

हावाहुरीले उदयपुरका विभिन्न स्थानमा रुख ढलेका छन् भने बिजुलीका पोलहरु भाँचिएका छन् ।

जिल्लाका विभिन्न स्थानमा ६८ वटा बिजुलीका खम्बा भाँचिएका विद्युत् प्राधिकरणले जनाएको छ । विद्युतका खम्बा भाँचिएपछि बेलका , कटारी , त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

बिजुलीका खम्बा भाँचिँदा १ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?