गोविन्द केसीले तोडे अनसन

काठमाडौं । प्रा.डा. गोविन्द केसीले ६ दिन लामो आमरण अनशन तोडेका छन् । द्वन्द्वपीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनशन तोडाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर डा. केसीले २९ वैशाखमा अनशन थालेका थिए ।

पशुपति मृगस्थलीमा अनशनरत केसीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुको चालमा समस्या देखिनुका साथै रगतमा सुगरको मात्रामा कमी देखिएको थियो ।

चिकित्सकहरूले जुनसुकै बेला अझ गम्भीर भई जीवनलाई खतरा हुनसक्ने चेतावनी दिएपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन् । शासकहरूको नियतलाई दृष्टिगत गरी अनशन तोड्न सहमत भएको डा. केसीले बताएका छन् ।

हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभूमिमा रहेकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सम्बोधन गर्छन् भन्ने सोच्नु मुर्खता हुने भन्दै डा. केसीले आफ्नो वक्तव्यमा भनेका छन्, ‘अनैतिक शासकहरूको अगाडि नागरिकको नौतिक याचना फगत याचनाको रूपमा रहेको देखिन्छ । त्यसैले आन्दोलन जारी रहने प्रतिवद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?