बेलडाँडीको जयलक्ष्मी गारमेन्ट उद्योगको स्तरबृद्धि

कञ्चनपुर । कञ्चनपुरको एक गारमेन्ट उद्योगको स्तरबृद्धि गरिएको छ । बेलडाँडी गाँउपालिका २बेलडाँडी बजारमा रहेको जयलक्ष्मी गारमेन्ट उद्योगको स्तरबृद्धि गरिएको हो । यस अघिदेखि संचालन हुँदै आएको गारमेन्ट उद्योगलाई सरकारले अनुदान दिएको छ ।
एक निर्वाचन क्षेत्र एक उद्योग प्रर्बद्धन कार्यक्रम कञ्चनपुर निर्वाचन क्षेत्र १(ख)को अनुदान सहायता कार्यक्रम अन्तरगत उद्योगले ५ लाख अनुदान पाएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार अन्र्तरगत रहेको घरेलु तथा साना उद्योग कार्यालय मार्फत चालु आर्थिक बर्ष ०८०÷०८१ मा आधुनिक मेसिन खरिदका लागि अनुदान पाएको थियो । जयलक्ष्मी गारमेन्ट उद्योगका संचालक जय बहादुर कुँवरले पहिल्यैदेखि संचालन हुँदै आएको उद्योगमा सरकारले केहीमेसिन खरिदका लागि सहयोग गरेपछि स्तरबृद्धि गरिएको बताए ।

मंगलबार एक कार्यक्रममा विच सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले उद्योगले उद्घाटन गर्दै युवाहरुलाई स्वदेशमै रोजगारीका कार्यक्रम संचालनमा जोडदिए । कार्यक्रममा बिशिष्ठ अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले उद्योगबाट थप रोजगारीका कार्यक्रम संचानमा जोडदिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?