तनहुँको पर्यटन तथा उद्योग कार्यालयमा ६४७ उद्योग दर्ता २७८ खारेज

दमौली । तनहुँको पर्यटन तथा उद्योग कार्यालयमा चालु आर्थिक वर्षमा ६४७ उद्योग दर्ता भएका छन् ।

कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ ३३६ र वाणिज्यतर्फ ३११ उद्योग दर्ता भएका छन्। एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ। गत आवमा जिल्लामा ६०३ उद्योग दर्ता भएका थिए। दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन्।

२७८ उद्योग खारेज
चालु आवमा जिल्लामा २७८ उद्योग खारेज भएका छन्।

आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो।

कार्यालयमा गत आवमा २१० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो।

गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ।

चालु आवमा कार्यालयले रु ४० लाख ४९ हजार एक सय २५ राजस्व सङ्कलन गरेको छ।

वाणिज्यतर्फ रु १९ लाख ८५ एक सय ७५ र उद्योगतर्फ रु २० लाख ६३ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ।

उद्योगतर्फका आठ सय ४० र वाणिज्यतर्फ सात सय ४१ गरी एक हजार पाँच सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?