शिक्षकले नियुक्ति पाएर हाजिर हुन नपाएपछि ४ शिक्षक संगठनको ध्यानाकर्षण

शिक्षक सेवा आयोगबाट पास भएका तीन जना शिक्षकले नियुक्ति पाएर पनि हाजिर हुन् नपाए शिक्षकका पेसागत संगठनले ध्यानाकर्षण गराएका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रिक्त पदमा पदस्थापना भएका शिक्षकले नियुक्ति पाए पनि हाजिर हुन् नपाए पछि आईतबार ४ वटा शिक्षक संगठनले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

जिल्ला शिक्षा समन्वय इकाई कञ्चनपुरबाट पदस्थापना लागि बेलडाँडी गाउँपालिकामा सिफारिस भएका प्रावि तहका तीन शिक्षकलाई हाजिर हुन नदिएको भन्दै शिक्षक संगठनहरुले निःशर्त हाजिर हुने व्यवस्था मिलाउन माग गरेका छन् । शिक्षकहरू पदस्थापना नहुँदा उनीहरूको वृत्ति विकास र जेष्ठता गणनामा समेत असर पर्ने संगठनहरुको भनाइ छ ।

अखिल नेपाल शिक्षक संगठनका कञ्चनपुर जिल्ला संयोजक पुस्पमणि जोशी , नेपाल शिक्षक संघ कञ्चनपुर अध्यक्ष विरेन्द्र सिह भण्डारी, नेपाल राष्टिय शिक्षक संगठन कञ्चनपुर अध्यक्ष वेद प्रसाद उपाध्याय ,एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुर अध्यक्ष गोविन्द ढाॅट ले संयुक्त रुपमा शिक्षकको पदस्थापनाको मागसहित बेलडाँडी गाउँपालिका अध्यक्ष हरिस चन्द्र रानालाई पत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?